गान्तोक: राज्यका वन्य एवम पर्यावरण विभाग मन्त्री पिन्छो नामग्याल लेप्चाले हिजो केन्द्रीय वन, एवम जलवायु परिवर्तन मन्भी भुपेन्द्र यादवसँग नयाँ दिल्लीस्थित पर्यावरण भवनमा भेट गरे। भेटको क्रममा मन्त्री लेप्चाले केन्द्रीय मन्त्रीलाई गत वर्षको अक्टोबर महिनामा आएको वाढीले पुऱ्याएको क्षतिबारे विस्तृतरूपमा अवगत गराए। विशेष गरेर उनले उक्त वाढको मंगन जिल्लाको सडक सम्पर्क विच्छेद बनेको हुनाले विभिन्न प्रकारको समस्या भोग्नु परिरहेको पनि जानकारी गराए। यस अवसरमा मन्त्री लेप्चाले केन्द्रीय मन्त्रीलाई सिक्किम भ्रमणको निम्ति आउने आग्रह गरेको र केन्द्रीय मन्त्रीले यसलाई स्वीकार गरेको जानकारी गराइएको छ।