२१०औं भानुजयन्ती समारोह समितिको विघटन

IMG-20240727-WA0250

गान्तोक: नेपाली साहित्य परिषदको तत्वावधानमा गठित २१०औं भानुजयन्ती समारोह समितिको विघटन कार्यक्रम परिषद् भवनकै सभाकक्षमा आज अध्यक्ष हरि ढुङ्‌गेलको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रममा सर्वप्रथम परिषद‌का महासचिव नीलम न्यौपानेले उपस्थित पदाधिकारीहरूलाई स्वागत जनाउँदै यस् वर्षको भानुजयन्तीको कार्यक्रमबारे संक्षिप्तरूपमा प्रकाश पारे।

यसरी नै कोषाध्यक्ष जी. एसी सुब्बाले २१०औं भानुजयन्ती समारोहको आय-व्ययको विवरण विस्तृत रूपमा राखेपछि आजको सभाले सर्वस‌म्मतिले आय-व्ययको प्रतिवेदनलाई ध्वनिमतले पारित गऱ्यो।

सभामा वर्षेनी पालन गरिने भानुजयन्तीको कार्यक्रमलाई अझ आकर्षित तुल्याउनका निम्ति कार्यक्रमहरू परिमार्जित गर्दै लानुपर्ने कुरामाथि सभाले जोर दियो। विशेषतः पुरस्कार तथा सम्मानको कार्यक्रम भानुजयन्तीमा अधिक हुने गरेकोले यसमाथि भविष्यमा चर्चा-परिचर्चा गरेर निष्कर्षमा पुग्नुपर्ने सभासने छलफत गऱ्यो।

कार्यक्रमको अन्तमा परिषद्‌का अध्यक्ष हरि ढुङ्‌गेलले राज्यपाल, मुख्यमन्त्री लगायत मन्त्रीगण साथै सरकारी अधिकारीवर्ग, कर्मचारीवर्ग, विभिन्न जातगोष्ठीका प्रतिनिधिवर्ग, विद्यार्थीवर्ग, शिक्षक-शिक्षिका साथै सम्पूर्ण अतिथिहरूप्रति आभार प्रकट गरेका छन्।

सभाको अन्त्यमा अध्यक्षले २१०औं भानुजयन्ती समारोह समिति विधिवत रुपमा विघटन भएको घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement