पेरिस ओलम्पिकः शूटर मनु भाकर १० मीटर एयर पिस्टलको फाइनलमा

IMG-20240727-WA0259

पेरिस: भारतीय शूटर मनु भाकरले महिलाहरूकी १० मीटर एयर पिस्टल स्पर्धाको क्वालीफिकेशनमा तेस्रो स्थानमा रहेर फाइनलमा पुगेर पदक जित्ने सम्भावनालाई जीवित राखिन्। यसबीच भारतकै रिदम सांगवान चाहिँ फाइनलमा स्थान बनाउनदेखि चुकिन्। आज अन्य भारतीय शूटरहरूका खराब प्रदर्शनबीच मनुले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्दै देशवासीको मनमा पदकको आशा जगाइन्। यस स्पर्धाको फाइनल आइतवार दिउँसो ३ बजीदेखि शुरु हुनेछ। २२ वर्षीय भाकरले क्वालीफिकेशनमा ५८०- को स्कोरसहित तेस्रो स्थान हासिल गरिन्। हंगेरीकी शूटर वेरोनिका मेजरले ५८२-को स्कोरसहित शीर्ष स्थान हासिल गरिन् । रिदम सांगवान ५७३-को स्कोरसहित १५औं स्थानमा रहिन्। फाइनलमा ८ शूटर्सबीच प्रतिस्पर्धा हुनेछ। उल्लेखनीय छ, टोक्यो ओलम्पिकमा पिस्टल खराब हुँदा मनु भाकर शुरुवाती राउण्डमै बाहिर भएकी थिइन्। आज हरियाणाकी यस शूटरले शुरुवाती दुईवटा सीरीजमा ९७-९७-को स्कोर गरी चौथो स्थान हासिल गरिन् । यस अवधि रिदम २६औं स्थानमा रहिन्। भाकरले तेस्रो सीरीजमा ९८-को स्कोर गरी शीर्ष दुईमा स्थान बनाइन्। उनले पाँचौं सीरीजमा एकपल्ट ८ अंकमा निशाना लगाइन् तर पछिबाट सटीक निशाना लगाउँदै उनले तेस्रो स्थान हासिल गरिन्। यस स्पर्धामा हंगेरीकी वेरोनिका र भाकर बाहेक दक्षिण कोरियाकी जिन ये ओह ५८२-कै स्कोरसहित दोस्रो स्थानमा रहिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement