दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा शनिवार दुईवटा म्याच खेलियो। आजको दुवै म्याच एकतर्फी रह्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको दिनको पहिलो म्याच (दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन फूटबल लीग)-मा भिजन फूटबल क्लबले सेण्ट पल्स स्कूललाई ७-३-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचमा सुरज प्रधान, अर्जुन रुम्दाली र सुबेश राईले २-२ गोल गरे। यसरी एक गोल गौतम थापाले छिराए। सेण्ट पल्स स्कूलबाट थायाकोम एम र नियोंग वाई-ले गोल गरे। दोस्रो म्याच (डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीग)-मा हिमालयन फूटबल क्लबले युनाइटेड रंगबुल फूटबल क्लबलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट कालु सुब्बाले ६७औं, अमन सुब्बाले ८३औं र प्रशान्त सुब्बाले ८६औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान र अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।