
आफ्नैहरू ठीक नभएपछि अरूलाई दोष दिनु किन?
पढ्न नै चाहँदैनन् भने मूर्खलाई शब्दकोश दिनु किन?
नैतिक रूपले हारिसकेको मान्छेले गर्न केही सक्दैन नै
यति बुझिसकेपछि हुतिहारालाई व्यर्थै जोश दिनु किन?
बेहोश छन्,मानसिक अपाङ्गताले ग्रस्त आधुनिक पिँढी
उठ्न र जाग्न नचाहनेलाई उठ्ने जाग्ने होश दिनु किन?
मर्यो जोश,जाँगर,हौसला र साहस अनि स्वभिमान पनि
दासता नै मीठो लाग्नेलाई क्रान्तिको उदघोष दिनु किन?
बगरको गिटी झैं छरपस्ट भई स्वार्थ साध्नमा लीन छन्
हुँदैन राम्रो गर्नु र भन्नु बेकारमा आकार ठोस दिनु किन?