सिलगढी-जलपाईगुडी राष्ट्रिय राजमार्गमा दुई ट्रक एक आपसमा ठोक्किँदा चालक घाइते

8791e4ef-9774-4c43-a070-e350afeab4c3-1024x676

राजगञ्ज: दुई ट्रक एक आपसमा ठोक्किँदा ट्रक चालक घाइते भएका छन्। घटना शनिबार सिलगढी-जलपाईगुडी राष्ट्रिय राजमार्गमा फटापुकुर नजिकैको टोल प्लाजा नजिक भएको हो। असमबाट आएको एउटा ट्रक फटापुकुर संलग्न टोल प्लाजा नजिकै होटलको अगाडि पार्क गरिएको बताइएको छ। त्यही क्रममा अगाडिबाट आउँदै गरेको ट्रकले पार्किङ गरेको ट्रकलाई ठक्कर दिएको थियो। घटनामा ट्रक चालक घाइते भएका छन्। खबर पाएलगत्तै राजगञ्ज पुलिस थानाको पुलिस घटनास्थलमा पुगेर दुवै ट्रकलाई नियन्त्रणमा लिएर पुलिस थानामा ल्याएको थियो। राजगञ्ज पुलिस थानाले घटनाको सम्पूर्ण अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement