नक्सलबारी: लागुऔषध र सुई बिक्री गर्ने एक युवकलाई पुलिसले पक्राउ गरेको घटना नक्सलबारीको खेम्ची नजिकैको क्षेत्रमा भएको हो। अभियुक्तको नाम राजा दास हो। उनी मटीगडा नयाँ रंगियाका बासिन्दा हुन्। पुलिस स्रोतका अनुसार युवाहरु मटीगडाबाट बागडोग्रा हुँदै नक्सलबारीसम्म लागुऔषधको सुई बेचेर गएका थिए। सूचना पाएपछि पुलिसले छापा मारेर युवकलाई पक्राउ गरेको थियो। पक्राउ परेका युवाको साथबाट १८४ थान लागु औषध सुई र ३ थान मोबाइल बरामद भएको छ। आरोपीलाई भोलि सिलगढी अदालतमा पेश गरिने छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।