जलपाईगुडी: कांग्रेस कार्यकर्ता हत्या प्रकरणमा कांग्रेस नेताहरू आज मैनागडी थानाका पुलिस अधिकारीहरूलाई भेट्न आएका थिए। लामो प्रतिक्षापछि पनि अधिकारीलाई भेट्न नसकेपछि कांग्रेस कार्यकर्ताले मैनागडीको पुरानो बजार क्षेत्रमा सडक अवरुद्ध गरेका छन्। यससँगै कांग्रेसले पुलिस थानाको आईसी नआएसम्म जाम जारी रहने घोषणा गरेको छ।