हाम्रो पार्टीद्वारा दार्जिलिङमा शहीद दिवस पालन

IMG-20240727-WA0247

सत्ताको अंहकारमा पहाडको शान्ति श्रृखंला बिगार्नु राम्रो होइन: शारदा राई सुब्बा

दार्जीलिङ: शहीद कुनै राजनैतिक पार्टीको हुँदैन शहीद भनेको शहीद नै हो यो मन्तव्य हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता शारदा राई सुब्बाले पोखेकी हुन्। हाम्रो पार्टीले पूर्व घोषणा अनुसार दार्जिलिङको चौक बजारमा शहीद दिवस पालन गरेको छ। पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले शहीद वेदीमा दीप प्रज्वलन अनि खदार्पण गरेर शहीदहरूप्रति श्रध्दाञ्जली चढाएका छन्। यसरी नै पार्टीको केन्द्रीय नेतृत्वहरूले पनि शहीद वेदीमा खदार्पण आदि चढाएर गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेका ती वीर शहीदहरूको स्मरण गर्दै श्रध्दाञ्जली अर्पण गरेका छन्। यसै क्रममा हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता शारदा राई सुब्बाले भनिन्, ‘हाम्रो पार्टीले गोर्खाल्याण्ड आन्दोलनको क्रममा प्राणको आहुति दिने ती वीर शहीहरूको स्मरण स्वरूप आज दिउँसोको १२ बजीदेखि १ बजीसम्म दोकानहरूको शटर बन्द राखिदिने अनुरोध मात्र गरेका थियौं। तर बन्दको घोषणा होइन। शहीदहरूले आफ्नो बहुमूल्य जीवन दिएर गएको छ। त्यसलाई हामीले सम्मान गरौं। कदर गरौं अनि स्मरण गरौं भनेर नै हामीले एक घण्टाको शटर बन्दको अनुरोध गरेका हौं। शहीदहरूलाई हामीले कहिले बिर्सिनु हुँदैन अनि हामी कहिले बिर्सिने छैनौं। तर पहाडको सत्तादलको नेतृत्वहरूले पत्रकार सम्मेलन डाकेर पहाडको शान्ति श्रृंखला स्थितिलाई बिथोल्ने काम गरेको छ।’

शारदा राई सुब्बाले अघि भनिन् -‘राजनीतिमा कहिले सत्ता पुग्छ कहिले सत्ताविहीन हुनुपर्छ। तर सत्ताको अहममा परेर पहाडको शान्ति श्रृंखलालाई बिगार्ने काम गर्नु राम्रो होइन।’

About Author

Advertisement