इण्डिपेण्डेन्स कपः हर्क एफसी मारापुर च्याम्पियन

IMG_20220816_124030.jpg

१६ अगस्त: दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा हर्क एफसी मारापुर च्याम्पियन भयो। स्थानीय दुधे खेल मैदानमा सोमवार भएको म्याचमा हर्क एफसी-ले विंगर ब्रदर्सलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट मोसेसले ५५औं र ५८औं मिनटमा २ गोल गरे। यसरी नै योह-ले पाँचौं मिनटमा गोल गरे। प्रमुख खेलाड़ीहरूका अनुपस्थितिमा विंगर ब्रदर्सले फाइनलमा खास चुनौती पेश गर्न सकेन। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई जीत बाहादुर प्रधान स्मृति विनर्स ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई रनजीत प्रधान स्मृति ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। दुवै ट्रफी सन्दीप प्रधानले डोनेट गरेका थिए। व्यक्तिगत पुरस्कारहरूमा हर्क एफसी-का मोसेसले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यसबाहेक विंगर ब्रदर्सका रुस्तम प्रधानले प्लेयर अव् द टुर्नामेण्ट, रुपकले सर्वश्रेष्ठ गोलकीपर र सिद्धान्त छेत्री (७ गोल)-ले सर्वाधिक गोलदाताको पुरस्कार जिते।फाइनलमा अतिथिको रूपमा कल्पना प्रधान, प्रणाम रसाईली, उत्तम छेत्री, सन्तोस तामाङ, नन्द कुमार थामी, रोशन शर्मा, एनटी शेर्पा, सुनिल छेत्री, सन्दीप प्रधान, जोनी प्रधान, दिवस लामा (फ्रेण्डशीप स्कूलका डिरेक्टर), अशोक थापा, ललित थापा, मनिराज डुम्जन, अनुप रामुदामु र साधन कुमार झा (गाड़ीधुराका ओसी) उपस्थित थिए। यसबाहेक भेटरन प्रदर्शनी म्याचमा मारानाथा एफसी-ले दुधे लिजेण्डलाई ३-०-ले पराजित गऱ्यो भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement