कालेबुङ: कालेबुङको शहीद वेदीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले शहीदहरूलाई चढाए श्रध्दाञ्जली। हाम्रो पार्टीले पूर्व घोषणा अनुरूप दार्जीलिङको चौक बजारमा शहीद दिवस पालन गरयो। पार्टी अध्यक्ष अजय एडवाडर्सले चौक बजारमा बसाएको शहीद बेदीमा खदा अर्पण एंव श्रध्दाञ्जली चढाएपछि उनी कालेबुङको शहीद बेदीमा श्रध्दाञ्जली चढाउने कालेबुङतिर प्रस्थान भएका थिए। कालेबुङको शहीद वेदीमा उनले खदा चढाएर शहीदहरूलाई श्रध्दाञ्जली चढाएका छन्। कालेबुङको गोर्खा गौरव संस्था लगायत अन्य संघ संस्थाहरूले कालेबुङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा शहीदहरूको स्मरण गर्दै रक्तदान शिविरको आयोजना गरेको थियो। कार्यक्रमपछि गोर्खा गौरव संस्था लगायत अन्य संघ संस्थाको कार्यकर्ता एंव समर्थकहरू शहीद वेदीमा शहीदहरूप्रति श्रध्दाञ्जली चढाउन गईरहेका थिए। त्यस अवधि शान्ति श्रृंखला बनाई राख्न पुलिस प्रशासनले रोकेर राखेको जानकारी प्राप्त भएको छ।