सिलगढी: नशालु सुई बेच्ने औषधी बिक्रेतालाई पुलिसले पक्राउ गरेको छ। यो घटना नक्सलबारीको खेम्ची नजिकैको क्षेत्रमा भएको बताइएको छ। अभियुक्त नयाँ रंगिया, मतिगढा निवासी राजा दास हुन्। पक्राउ परेकाहरुबाट पुलिसले एक सय ८४ वटा लागुऔषध सुई र ३ वटा मोबाइल बरामद गरेको छ। आरोपीलाई भोलि सिलगढी डिभिजनल अदालतमा पठाइनेछ। पुलिस स्रोतका अनुसार आरोपीहरु मतिगढाबाट नक्सलबारीमा लागुऔषध बेच्न बागडोग्रा आएको भनाइ छ। पुलिसले अभियुक्तलाई भोलि हिरासतमा लिएर घटनाको सम्पूर्ण अनुसन्धान गर्नेछ।