सिलगढी: भाजपा नेता तथा सिलगढीका विधायक शंकर घोषले अब पश्चिम बंगाल विधानसभाभित्र विभिन्न मागहरू लिएर विरोध प्रदर्शन गर्ने भएका छन्। उनले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्। विधायक शंकर घोषले राज्य सरकारमाथि भेदभाव गरेको आरोप लगाए। उनले भने, ‘पश्चिम बंगालमा विपक्षी दलका विधायकहरूलाई विकासका लागि धेरै कम पैसा दिइन्छ। पहिलो, कम पैसा दिइन्छ र जति पैसा प्राप्त हुन्छ। जिल्ला अधिकारीले त्यसलाई पनि रोक्छ।‘ विधायक शंकर घोषले ६० वटा आयोजना तयार गरी जिल्लापाल समक्ष पठाएका थिए तर तीमध्ये ८ वटा मात्रै स्वीकृत भएको, बाँकी आयोजना जिल्लापालले रोकेको बताए। उनले भने, ‘राज्य सरकारद्वारा व्यवस्थापिका अन्तर्गत रोगी कल्याण समिति लगायत धेरै समितिहरू छन्। तर विपक्षी सांसदहरू यी समितिबाट वञ्चित छन्।‘ उनले गाजोल्डोबामा गैरकानूनी रुपमा जग्गा किनबेच गरेको भन्ने कुरा बाहिर ल्याउन जरुरी रहेको बताए। यी मागलाई लिएर उनी संसदभित्र हडतालमा बस्ने भएका छन्। आजको पत्रकार सम्मेलनमा विधायक बाहेक सिलगढी नगर निगमका विपक्षी दलका नेता अमित जैन, संगठनात्मक जिल्ला भाजपा सह-अध्यक्ष नान्टु पाल उपस्थित थिए। मुख्य सचेतक भाजपा विधायक शंकर घोष विभिन्न मागहरू लिएर विधानसभा भित्र हडतालमा बस्न लागेका छन्। शनिबार सिलगढीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। शंकर घोषले भने, ‘विपक्षी विधायकले विकासका लागि एकदमै थोरै रकम पाउँछन् तर त्यो पैसा पनि जिल्ला अधिकारीले रोक्का राख्छन्, म आफैंले ६० भन्दा बढी आयोजना जिल्ला मजिस्ट्रेटलाई पठाएको छु तर सात आठ काम मात्रै भएको छ। बाँकी रोकिएका छन्। यस बाहेक विपक्षी विधायकहरू विधानसभाका विभिन्न समितिहरू र रोगी कल्याण संघ जस्ता विकास समितिहरूबाट वञ्चित छन्।‘