तीनधारेमा भागोप्रमोद्वारा शहीद दिवस पालन

IMG-20240727-WA0224

खरसाङ: गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्नलाई तीनधारेमा पनि कार्यक्रम सम्पन्न भएको छ। तीनधारेको चिल्ड्रेन पार्कस्थित शहीद वेदीमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्नलाई श्रध्दाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रम शहीद दिवस आयोजक समितिको संयोजक कर्म मोक्तानको अध्यक्षता र शिक्षक युवराज सुन्दासको सञ्चालनमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री उपस्थित रहेका थिए। यस शहीद दिवस कार्यक्रममा तीनधारे क्षेत्रबाट शहीद बनेका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरिएको छ। सन् १९९६ को गोर्खाल्याण्ड आन्दोलनमा तीनधारे क्षेत्रबाट शहीद बनेका शहीदहरूमा बिनय गुरुङ, कृष्ण जोगी, किशोर थापा आदि थिए। शहीद दिवस कार्यक्रममा शहीदको परिवारहरू र विशिष्ट व्यक्तिहरू उपस्थित रहेर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत उप प्रधान रञ्जित थापा, पञ्चायत समिति सदस्य साजन दर्जी, पञ्चायत सदस्य बिनीता गजमेर लगायत भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत सीबी राई लगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित रहेका थिए। कार्यक्रममा शहीदको परिवारको पक्षबाट प्रणय गुरुङले वक्तव्य राखेका थिए। त्यसरी नै प्रमुख अतिथि सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा शहीदको परिवारहरूको लागि कार्य गरिरहेको र घोषणा भए अनुसार अब पनि काम भएन भने आगामी वर्षदेखि आयोजना गरिने शहीद दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नहुने बताएका छन्। उनले तीनधारेको चिल्ड्रेन पार्कस्थित शहीद वेदीलाई सुन्दरीकरण गरिने र छप्पर लगाएर बनाउने घोषणा गरेका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन आयोजक समितिको अर्का संयोजक बिनयकुमार छेत्रीले राखेका छन्। तीनधारेमा सम्पन्न शहीद दिवस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement