शहीदलाई धोका दिने खरसाङको दाग मेटाउन गोजमुमोले केन्द्रीय स्तरमा शहीद दिवस समारोह आयोजना गरेको हो: बिमल गुरुङ

IMG-20240727-WA0221

खरसाङ: गोर्खा जनमुक्ति मोर्चाको आयोजनामा खरसाङमा आयोजित केन्द्रीय स्तरको शहीद दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्भाषण राख्दै गोजमुमोको केन्द्रीय अध्यक्ष बिमल गुरुङले शहीदको लागि एक थोपा आँशु आज चढाएको छु। तर खरसाङमा नै शहीदलाई धोका दिइएको र शहीदलाई धोका दिइएको स्थानमा नै आएर शहीदको लागि एक थोपा आँशु दिएको छु भनी बताएका छन्। उनले शहीदले दिएको बलिदान यही हो कि हरेक ठाउँमा बोर्ड लगाई माग्नु हो भनी प्रश्न गर्दै मेरो शरीरमा एक थोपा रगक रहेसम्म शहीदको लागि काम गर्नेछु। बिमल गुरुङले अहिले पनि आफुमाथि षड़यन्त्र भईरहेको बताउँदै आमाको कोठेबारी बचाउनु नत्र ज्यान पनि बन्दकी राख्नु पर्ने अवस्था हुन्छ भनी बताएका छन्। बिमल गुरुङले आफ्नो सम्बोधनमा भने, आज खरसाङमा शहीद दिवस कार्यक्रम राखिनुको कारण खरसाङको दाग मेटाउनु रहेको बताएका छन्। आफ्नो सम्बोधनमा गोजमुमो अध्यक्ष बिमल गुरुङले खरसाङको विभिन्न स्थानहरूमा आफुले गरेको विभिन्न विकासका कार्यहरूको उल्लेख गरेका थिए। उनले भने, ‘जंगपानामा सड़क लानलाई पुल बनाए तर मलाई मार्ने षडयन्त्र भयो। खरसाङमा कार पार्किङको लागि केन्द्रीय बजेटमा काम गरे तर अहिले अर्कै कुरामा दिने भन्दैछन् तर यो केन्द्रको बजेट भएको कारण म सुप्रिम कोर्टमा मुद्दा हाल्नेछु। त्यसरी नै बेलटार, गिध्द पहाड़देखि रोहिणीसम्म पुग्ने रोपवे आदि मैले बनाएको थिए। खरसाङको नयाँ बजारमा ठूलो सार्वजनिक भवन निर्माण गरिदिए तर मलाई नै कार्यक्रम गर्न दिन्दैन।’
गोजमुमो अध्यक्ष बिमल गुरुङले आफ्नो सम्बोधनमा भने, ‘कसैले पनि हामी लुकेको नसम्झनु, अहिले पहाड़, तराई र डुवर्सलाई सत्यनाश पार्छ। अहिले पहाड़मा विकास हेर्नु कता जानु? तर खरसाङका मानिसहरू त खुशी होला। अाज याद राख्नु पर्ने कुरा चैं आज म जान्छु, भोलि अर्को नेता जान्छ अनि भविष्यमा तिमी पनि घर छोडेर जानुपर्छ नै। तर तेतिबेला सोच्नु।’
गोजमुमो अध्यक्ष बिमल गुरुङले अझ भने, ‘जतिसुकै गरे पनि शिरको टोपी बचाउनुपर्छ। आफ्नो जमीन बेच्नु हुँदैन। जमीन बेच्दा हिजोको मालिक आज चौकीदार हुनसक्छ। अहिले त जथाभावी बोर्ड टाँगिएको छ तर पैसाको नोट कता जाँदैछ?”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement