गोजमुमोद्वारा खरसाङमा केन्द्रीय स्तरको शहीद दिवस समारोह सम्पन्न

IMG-20240727-WA0208

उत्तर बंगालको कुरा केन्द्रीय समितिको बैठकमा निर्णय गरिनेछ: बिमल गुरुङ

खरसाङ: गोर्खा जनमुक्ति मोर्चाले आज खरसाङमा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्नलाई केन्द्रीय स्तरमा शहीद दिवस समारोहको आयोजना गरेको छ। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न उक्त शहीद दिवस कार्यक्रमको अध्यक्षता खरसाङ निवासी तथा गोजमुमो केन्द्रीय सांगठनिक सचिव शरण देवानको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमलाई गोजमुमो खरसाङ महकुमा समितिको सचिव रोहित स्याङ्बोले सञ्चालन गरेका थिए। यस शहीद दिवस कार्यक्रममा स्वागत सम्भाषण गोजमुमो केन्द्रीय सह सचिव बिमल दर्जी र जीटीएको पूर्व चेयरम्यान प्रदीप प्रधानले राखेका थिए। कार्यक्रममा गोजमुमो केन्द्रीय महासचिव रोशन गिरी, दार्जिलिङका सांसद राजु विष्ट, प्रमुख अतिथि गोजमुमो अध्यक्ष बिमल गुरुङ आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा मञ्चमा नै बनाइएको शहीद वेदीमा उपस्थित अतिथिहरूका बाहुलीबाट शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा गोजमुमोद्वारा दार्जिलिङ पहाड़का विभिन्न स्थानहरूबाट बोलाइएको शहीदका परिवारहरूलाई सम्मान जनाइएको थियो। शहीदका परिवारहरूलाई गोजमुमो केन्द्रीय अध्यक्ष बिमल गुरुङ लगायत अन्य शीर्षस्थ नेतृत्वहरूको बाहुलीबाट खदार्पणसहित उपहार प्रदान गरेर सम्मान जनाइएको थियो। यसै कार्यक्रममा नै बाहिरपट्टि रक्तदान शिविरको पनि आयोजना गरिएको थियो। उक्त रक्तदान शिविरमा गोजमुमो पार्टीका पदाधिकारीहरू र कार्यकर्ताहरू साथै युवा मोर्चाको प्रतिनिधिहरूले रक्तदान गरेका थिए। उक्त रक्तदान शिविरमा जम्मा २१ देखि २५ जनाले रक्तदान गरेको जानकारी प्राप्त भएको छ।

रक्तदान गर्ने सबैलाई गोजमुमो अध्यक्ष बिमल गुरुङको बाहुलीबाट प्रमाण पत्रहरू प्रदान गरिएको थियो। कार्यक्रममा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै कविता वाचन कार्यक्रम पनि सम्पन्न भएको थियो। यस अवसरमा रमेश दिलपाली, सुधीर गुरुङ लगायत अन्यले पनि कविता पठन गरेका थिए। खरसाङमा आयोजित केन्द्रीय स्तरको शहीद दिवस कार्यक्रममा गोजमुमोको केन्द्रीय नेतृत्वहरू एंव विभिन्न समष्टिहरूका प्रतिनिधिहरू पनि विशेष रूपमा उपस्थित रहेका थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले सुकान्त मजुमदारको कुरा स्वागतयोग्य रहेको अनि यस विषयमा गोजमुमो केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गरिने बताएका छन्। उनले टिस्टाको लागि सासंद राजु विष्टले काम गरिरहेको र केन्द्र सरकारले पनि टिस्टाको लागि केही प्याकेज घोषणा गर्ने आशा रहेको बताएका छन्। उनले उत्तर बंगालको कुरालाई सपोर्ट गर्ने नगर्ने विषयमा बैठक बसेर निर्णय गर्ने बताएका छन्।

गोजमुमोद्वारा खरसाङमा आयोजित केन्द्रीय स्तरको शहीद दिवस कार्यक्रममा गोजमुमो केन्द्रीय पदाधिकारीहरू क्रमैले आरपी वाईबा, केन्द्रीय प्रवक्ता डा. किशोर भारती, उर्मिला रुम्बा, आशा गुरुङ, गोजमुमो खरसाङ महकुमा समितिको सभापति पेम्बा रिम्पोर्छे लगायत गोजमुमोको केन्द्रीय पदाधिकारीहरू साथै विभिन्न समष्टिहरूका प्रतिनिधिहरू, युवा द, नारी मोर्चा लगायत अन्य पदाधिकारीहरू साथै पार्टीको कार्यकर्ताहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement