सुकान्त मजुमदारको कुरामा कुनै आपत्ति छैन तर दार्जिलिङ पहाड़ र तराई डुवर्सका मांग यथावत् रहनुुपर्छ: सांसद राजु विष्ट

IMG-20240727-WA0206

खरसाङ: दार्जिलिङको सांसद राजु विष्ट आज खरसाङमा गोर्खा जनमुक्ति मोर्चाद्वारा आयोजित शहीद दिवस कार्यक्रममा उपस्थित रहेर वक्तव्य राखेका थिए। सांसद राजु विष्ट गोजमुमो अध्यक्ष बिमल गुरुङसित एकै मञ्चमा बसेर गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। उनले कार्यक्रममा सम्भाषण पनि राखेका थिए। कार्यक्रमको अवधि आफ्नो सम्बोधन राखेपछि सांसद राजु विष्ट आफ्नो व्यस्तताको कारण कार्यक्रमबाट निस्केका थिए। कार्यक्रम बाहिर निस्केर पत्रकारहरूसित कुराकानी गर्दै सांसद राजु विष्टले गोर्खाहरूले देश रक्षामा साथै स्वतन्त्रता भारतको लागि पनि प्रशस्त योगदान दिएको बताएका छन्। उनले दुर्भाग्यपूर्ण रूपमा गोर्खाहरूले न्याय नपाएको तर पनि संघर्ष जारी रहेको अनि न्यायको लागि पनि सदैव अपेक्षा रहेको बताएका छन्। सांसद राजु विष्टले शहीदहरूका सपना साकार गर्नलाई कार्य जारी रहने बताएका छन्। उनले गोर्खाहरूको प्रतिनिधि भएको नाताले साथै शहीदहरूका कारणले पाएको संसदीय सिटको कदर गर्छु भन्दै आफ्नो कर्तव्य हो कि शहीदहरूको सपना साकार पार्नु।
भाजपा बंगालको अध्यक्ष तथा केन्द्रीय मन्त्री सुकान्त मजुमदारले बिहार र उत्तर बंगालको भागहरू मिलाएर उत्तर बंगाल बनाउने तथा उत्तर पूर्वी भारतमा सामेल गराउने विषयमा सोधिएको प्रश्नको उत्तरमा सांसद राजु विष्टले उनको कुरामा कुनै आपत्ति नरहेको तर दार्जिलिङ पहाड़, तराई र डुवर्सको सपना पनि यथावत् रहनुुर्छ भनी बताएका छन्। सांसद राजु विष्टले उचित समयमा मांग राख्नेछु भन्दै मदुमदारको कुरालाई विरोध गर्दिन अनि यो कुरा ठीकै हो तर यस विषयमा अध्ययन गर्नु जरूरी रहेको बताएका छन्। सांसद राजु विष्टले यस्तो संवेदनशील विषयमा मिडियामा स्पष्टीकरण दिएर हुँदैन तर सठीक ठाउँ जस्तै संसद भवनमा बोल्नुपर्छ भनी बताएका छन्। उनले यो विषयमा संसदमा बोल्नु उचित रहने बताएका छन्। एक प्रश्नको उत्तरमा सांसद राजु विष्टले यसपालीको बजेटमा भारत सरकारले 50 लाख करोड़को बजेट पेश गरेको र बंगालको लागि 93 हजार करोड़ रूपियाँ आवण्टन गरेको साथै डेढ लाख करोड़ रुपियाँ पनि अतिरिक्त बजेटको रूपमा दिएको बताएका छन्। उनले यसपालीको बजेटमा दार्जिलिङ, तराई, डुवर्स र सिलगढी पनि सामेल रहेको अनि खरसाङको लागि पानीको समस्या समाधान हुने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement