कोलकाता: राज्यका पूर्व कारागारमन्त्री विश्वनाथ चौधरीको निधन भएको छ। शनिबार बिहान सात बजे उनले अन्तिम सास लिए। क्यान्सरका कारण उनको एसएसकेएम अस्पतालमा उपचार भइरहेको थियो। मुख्यमन्त्री ममता बनर्जीले पूर्व राज्यमन्त्रीको निधनमा शोक व्यक्त गर्नुभएको छ। पूर्वमन्त्रीको निधनपछि शनिबार प्रदेशका सबै सरकारी कार्यालयमा आधा दिन बिदा दिइएको छ।









