नीति आयोगको बैठक छेडेर  निस्किन् मुख्यमन्त्री ममता ब्यानर्जी

CM-Mamta-Banerjee-4-copy-6

नयाँ दिल्ली: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी दिल्लीमा जारी नीति आयोगको बैठक बीचमै छोडेर बाहिर निस्किन्। प्रधानमन्त्री मोदीले नीति आयोगको ९औं गभर्निंग काउन्सिल बैठकको अध्यक्षता गर्दैछन्। यसमा भाजपा र अन्य राज्यका मुख्यमन्त्रीहरू सहभागी भएका छन्। बैठकबाट बाहिरिनुको कारण स्पष्ट गर्दै ममताले भनिन्, ‘बैठकमा विपक्षी तर्फबाट म मात्रै गएको थिएँ। भाजपाका मुख्यमन्त्रीहरूलाई बोल्न १० देखि २० मिनेटको समय दिइएको थियो, जहाँ मैले ५ मिनेट मात्र पाएँ। जब म पश्चिम बंगालको मुद्दामा बोल्दै थिएँ, मेरो माइक अफ भयो। मलाई मेरो पूर्ण विचार व्यक्त गर्न दिइएन। राज्यका मुद्दा राख्नु गलत हो? यहाँ मेरो र पश्चिम बंगालका जनताको अपमान भयो।‘ बैठकमा आईएनडीआईएक ७ राज्यका मुख्यमन्त्रीहरू सहभागी भएनन्। यसमा एमके स्टालिन (तमिलनाडु), सिद्धरामैया (कर्नाटक), रेवन्थ रेड्डी (तेलंगाना), सुखविन्दर सिंह सुखु (हिमाचल प्रदेश), पी. विजयन (केरला), हेमन्त सोरेन (झारखण्ड), भगवन्त मान (पञ्जाब) र अरविन्द केजरीवाल नयाँ दिल्ली) समावेश छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले बैठकको एक दिन अघि नीति आयोग खारेज गरेर योजना आयोग फिर्ता ल्याउनुपर्ने बताएकी थिइन्। योजना आयोग नेताजी सुभाषचन्द्र बोसको विचार थियो। उनले थप भनिन्, ‘यो सरकार अन्तरविरोधमा फस्छ, पर्खनुहोस्। यो भ्रमणमा मसँग धेरै समय छैन, त्यसैले मैले कुनै नेतालाई भेटेको छैन।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement