अण्डर-१४ लीगः हिल फूटबल एकाडमी र भेट्रन्स एकाडमीको जीत

photocollage_202252218509283.jpg

२२ मईः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित अण्डर-१४ महकुमा स्तरीय फूटबल लीग २०२२-अन्तर्गत आइतवार दुईवटा म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको दिनको पहिलो म्याचमा हिल फूटबल एकाडमीले मकैबारी फूटबल एकाडमीलाई १०-०-ले सजिलै पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा भेटरन्स एकाडमी (तीनधारे)-ले रोहिणी फूटबल एकाडमीलाई ३-२-ले पराजित गऱ्यो। आजका दुईवटा म्याचमा रेफरीको भूमिकामा प्रतीक गुरुङ रहेका थिए भने सहयोगीको भूमिका अमित शंकर र विशाल राईले निर्वाह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement