१६ अगस्तः सम्थार स्पोर्ट्स एसोसिएशन (एसएसए)-को तत्त्वावधानमा आयोजित कृष्ण लखोटिया स्मृति इण्टर भिलेज इण्डिपेण्डेन्स गोल्ड कप फूटबल टुर्नामेण्टमा यांग्री युनाइटेड टिक च्याम्पियन भयो। सोमवार खेलिएको फाइनलमा यांग्री युनाइटेडले नाजोके एफसी-लाई ३-२-ले पराजित गऱ्यो। विजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै अण्डर-१४ टुर्नामेण्टमा एमएसके देउराली सम्थारले ट्रफी जित्यो। फाइनलमा एमएसके देउराली सम्थारले सम्थार हायर सेकेण्डरी स्कूललाई पेनल्टी शूटआउटमा पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो भनी आयोजक समितिको पक्षमा शारुख तामाङले बताएका छन्।
