लादेन फेरि पक्राउ, चोरीको सामान बरामद

IMG-20240727-WA0161-1

सिलगढी: चोरी मुद्दामा पुलिसले फेरि एक जनलाई पक्राउ गरेको छ। गत शुक्रबार फुलबारी क्षेत्रका चार घरमा चोरी भएको थियो। सूचना पाएलगत्तै नयाँ जलपाईगढी थानाको पुलिस घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरेको थियो। त्यसपछि पुलिसले विभिन्न स्रोतबाट यस चोरीमा संलग्न दोषी पत्ता लगाउने प्रयास गरेको थियो। अन्ततः सफलता हात परेको छ। यस चोरी मुद्दामा सञ्जय राय उर्फ ​​लादेन पक्राउ परेका छन्। अभियुक्तको साथबाट मोबाइल फोन, सुनका गरगहना, चाँदीका गरगहना बरामद गरिएको छ। आरोपीलाई शनिबार जलपाईगढी अदालतमा पेश गरिएको थियो। घर खाली भएको फाइदा उठाउँदै आरोपीले गत शुक्रबार दिउँसो चोरी गरेका थिए। आरोपी लादेनविरुद्ध विभिन्न पुलिस थानामा धेरै उजुरी परेका छन्। उनी यसअघि पनि पक्राउ परेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement