विजेन्दर सिंहलाई महिला बक्सरहरूले पेरिसमा पदक जित्ने आशा

IMG-20240727-WA0181

नयाँ दिल्ली: भारतका एकमात्र ओलम्पिक पदक विजेता पुरुष बक्सर विजेन्दर सिंहले बताएअनुसार, पेरिस ओलम्पिकमा देशको पदकको सम्भावनाहरू महिला बक्सरहरूमाथि निर्भर रहनेछ अनि उनलाई निकहत जरीनको अगुवाईमा रहने टीमले कम्तीमा दुईवटा पोडियम स्थान हासिल गर्ने आशा रहेको छ। जरीन (५० किग्रा), प्रीति पवार (५४ किग्रा), जेस्मिन लम्बोरिया (५७ किग्रा) र टोक्यो ओलम्पिकमा काँस्य पदक विजेता लवलीना बोरगोहेन (७५ किग्रा) भारतीय महिला टीममा सामेल छिन्। यसरी पुरुष टीममा अमित पंघाल (५१ किग्रा)-को साथमा पदार्पण गरिरहेका निशान्त देव (७१ किग्रा)-ले पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गरेका छन्। गत केही सालदेखि पेशादार सर्किटमा सक्रिय रहने ३८ वर्षीय विजेन्दरलाई महिला बक्सरहरूले असल प्रदर्शन गर्ने आशा रहेको छ। बेजिंग ओलम्पिक २००८-मा काँस्य पदक जित्ने अनि भाजपा नेता विजेन्दरले भने, पुरुष बक्सरहरूबारे मलाई अधिक थाहा छैन तर महिला बक्सरहरूबारे मैले जति पनि अध्ययन गरेको छु त्यसको आधारमा मलाई महिला बक्सरहरूबाट असल प्रदर्शनको आशा छ। मलाई एक या दुईवटा पदक प्राप्त हुने आशा छ। त्यो रजत हुन सक्छ या फेरि स्वर्ण पदक पनि। महिला बक्सरहरूले अहिलेसम्म देशलाई प्राप्त भएको पदकको रंग पनि बद्लिन सक्छिन्।
ओलम्पिकको इतिहासमा विजेन्दर बाहेक अन्य दुई महिला बक्सर एमसी मेरिकोम (लण्डन २०१२) र लवलीना (टोक्यो २०२०)-ले मात्र पदक जित्न सकेकी छन्। यी तीनैजनाले काँस्य पदक जितेका थिए। ओलम्पिकको इतिहासमा देशका कुनै पनि बक्सरले अहिलेसम्म फाइनलमा पुगेर स्वर्ण पदकको निम्ति चुनौती पेश गर्न सकेका छैनन्। महिला बक्सरहरूले पेरिस ओलम्पिक अघि असल प्रदर्शन गरेकी छन्। यसमा जरीन र लवलीना २०२३-मा वर्ल्ड च्याम्पियन बनेकी थिइन्। यसरी पवार र लम्बोरियाले एशियन गेम्सको साथमा कमनवेल्थ गेम्समा काँस्य पदक जितेकी थिइन्। यसरी पुरुष बक्सरहरूमा देवको प्रदर्शन मात्र उल्लेखनीय रहेको छ। देवले गत वर्ष वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक जितेर पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गरेका थिए। भारतको पहिलो वर्ल्ड च्याम्पियनशीप पदक विजेता विजेन्दरले भने, यसपाली धेरै कम्ती संख्यामा पुरुष बक्सरहरू छन्। यसघि हामी ५-६ जना हुने गर्थ्यौं तर यसपाली केवल दुईजना पुरुष बक्सर पेरिस गएका छन्।
भारतबाट सर्वाधिक ७ जना पुरुष बक्सरले नै ओलम्पिकको निम्ति क्वालीफाई गर्न सकेका थिए अनि त्यो २०१२ चरणमा भएको थियो। यसरी २००८-मा रेकर्ड ५ जना पुरुष बक्सरले क्वालीफाईंग चरणमा असल प्रदर्शन गरी ओलम्पिकको टिकट हासिल गरेका थिए। विजेन्दरले भने, पुरुष बक्सरहरूका संख्यामा यस्तो कमी किन आयो भन्ने विषयमा म केही भन्न सक्दिनँ। यसबारे शायद बक्सरहरूले नै जानकारी दिन सक्नेछन्। उल्लेखनीय छ, तीनपल्टका ओलम्पियन विजेन्दरले एमेच्योर बक्सिंग छोड़ेर २०१५-मा पेशादार बक्सिंगमा जाने फसेला गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement