जलपाईगढी: रेलवे टिकटको अवैध कालोबजारी गरेको आरोपमा रेलवे पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ। स्रोतका अनुसार आरपीएफले पक्राउ गरेको व्यक्तिको नाम जितिस पाल (४७) बताइएको छ। उनी जलपाईगढी जिल्लाको धुपगढीका बासिन्दा हुन्। उनले धुपगढीको ठाकुरपथ क्षेत्रका अनलाइन पसलबाट रेल टिकटको कालोबजारी गर्ने गरेको आरोप छ। रेलवे पुलिसलाई यस बारे जानकारी पाएपछि जलपाईगढी रोड स्टेशनका रेलवे पुलिस अधिकारीहरूले उनलाई पक्राउ गरे। आरोपी जितिस पालबाट धेरै रेल टिकट बरामद गरिएको छ। यस्तो कारबाही जारी रहने आरपीएफका निरीक्षक विप्लव दत्तले बताए।










