मैनागढी कांग्रेस कार्यकर्ता हत्या प्रकरणमा थप दुई जना पक्राउ

IMG-20240727-WA0156

जलपाईगढी: मैनागढीको हातहत कोलोनीमा कांग्रेस कार्यकर्तालाई कुटपिट गरी हत्या गर्ने ५ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। जिल्ला पुलिस स्रोतका अनुसार मैनागढी थानाले शनिबार थप दुई जनालाई पक्राउ गरेको छ। मृतक कांग्रेस कार्यकर्ता माणिक रायको घर पनि भत्काइएको छ। जसका कारण माणिक रायकी श्रीमती र दुई साना छोराको कुनै आश्रय छैन। पुलिसले नयाँ घर बनाउने निर्णय गरेको बताइएको छ। यहाँका कांग्रेस कार्यकर्ता माणिक रायलाई रुखमा बाँधेर कुटपिट गरेको आरोप छ। यस मामिलामा ११ जनाविरुद्ध उजुरी परेको छ, जसमध्ये ५ जनालाई यसअघि नै पक्राउ गरिसकिएको थियो भने अहिले थप २ जनालाई पक्राउ गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement