१४ इञ्जीनियर टीम रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा

photocollage_2024727132739632

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा १४ इञ्जीनियरले क्वार्टर फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा शुक्रवार भएको चौथो प्री-क्वार्टर फाइनल म्याचमा १४ इञ्जीनियरले रिबोर्न फाउण्डेशनलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रोहिथले २६औं र अश्वन्थले ५८औं मिनटमा गोलल गरे। यसरी रिबोर्न फाउण्डेशनबाट पासंग तामाङले ११औं मिनटमा गोल गरे। म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र रुस्तम प्रधान थिए जबकि अविनाश राई फोर्थ अफिसियल रहेका थिए। अब शनिवार खेलिने पाँचौं प्री-क्वार्टर फाइनल म्याचमा नरबुंग फूटबल क्लब र बुङकुलुंग फूटबल क्लबबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement