१६ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (एसएनबीएस)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा ब्राइट स्पोर्टिंग क्लब च्याम्पियन भयो । स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको टुर्नामेण्टको फाइनलमा ब्राइट स्पोर्टिंग क्लबले परिमलनगर स्पोर्टिंग क्लबलाई १-०-ले पराजित गऱ्यो। सोमवार भएको यस रोमाञ्चक फाइनलमा विजेता टीमबाट एकमात्र गोल करण राईले छिराए। उनले पेनल्टीबाट गोल गरी टीमलाई जीत दिलाए। पूरा म्याचमा दुई टीमबीच रोमाञ्चक प्रतिस्पर्धा भयो तर परिमलनगरको टीमले अन्तिम समयसम्म प्रयास गर्दा पनि गोल गर्न सकेन।

टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।