बिराटनगर: सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६ ढलान रोडबाट लागूऔषध सहित दुई जनालाई पक्राउ गरिएको छ। लागुओषध सहित पकाउ पर्ने धरान उपमहानगरपालिका वडा नम्बर १३ बस्ने दुई युवालाई फरवार्ड पोष्ट इस्राइल कामदवाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर पक्राउ गरिएको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा कालो प्लास्टिकले बेरिएको २२.४ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, स्पास्मो प्रोक्सीभन ट्याब्लेट १६ वटा तथा नाईट्रोभेट ट्याब्लेट ८ वटा फेला परेकाे सशस्त्र प्रहरी लोकहीले जनाएको छ।

लागूऔषध सहित दुई जनालाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाइएको समेत बताए।