सिटीजन शहरी सहकारी व्याङ्कले पालन गर्यो २२औं वार्षिक सभा

IMG-20240726-WA0339

गान्तोक: राजधानीस्थित एक होटलमा आज सिटिजन शहरी सहकारी ब्याङ्क लिमिटेडले २२औं वार्षिक सभा आयोजना गऱ्यो। कार्यक्रमको थालनीमा ब्याङ्कका महाप्रबन्धक राजिव प्रधानले उपस्थित सबैलाई स्वागत जनाएका थिए। ब्याङ्कका अध्यक्ष पी.के प्रधानले ब्याङ्को वार्षिक प्रतिवेदन बुझाउँदै २००३ मा मात्र शुरु भएको सिटिजन ब्याङकले हालमा धेरै प्रगति गरेर विभिन्न ब्राञ्चहरु खोल्न सफल बनेको अवगत गरए। सिक्किमभित्र मात्र अहिलेसम्म ६ वटा शाखा ब्याङ्कहरु खोल्न सफल बनिसकेको र अझै खोल्ने तत्परतामा रहेको जानकारी दिए। यस ब्याङ्कले भारतीय रिजर्भ ब्याङ्कले लागु गरेका नियमहरु र दिशा निर्देशनलाई पालन गर्दै कार्य गरिरहेको किटान गरे।ब्याङ्कले साना-साना व्यवसायीहरुलाई पनि सुपथ ब्याजमा ऋण प्रदान गरेर सिक्किमको व्यसायलाई फस्टाउन सहयोग गरिरहेको उनले दावी गरे। यसरी नै प्रबन्ध निर्देशक पार्थ प्रथिम सेनले पनि आफ्नो वार्षिक वित्त रिपोर्टबारे सबैलाई जानकारी दिए। सिक्किममा रहेका समस्त सिटिजन ब्याङ्कले ग्राहकहरुलाई प्रदान गरिरहेका सुविधाहरुबारे जानकारी दिँदै सिक्किमका नागरिकहरुकालागि सिटिजन ब्याङ्क भरपर्दो ब्याङ्क रहेको पनि दावी गरे। यस ब्याङ्कले वार्षिक अडिटमा पनि श्रेष्ठ स्थान प्राप्त गरसिसकेको पनि उनले जानकारी गराए। कार्यक्रममा सिटिजन ब्याङ्कद्वारा सबैभन्दा राम्रो लोन प्रदान गर्ने ब्याङ्कको रुपमा सिंगताम शाखालाई पुरस्कार प्रदान गरियो साथै गान्तोक शाखाका मनिता राई अनि मिना कुमारी थापालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरियो।यस कार्यक्रममा सिटजन ब्याङकका अध्यक्ष पी.के प्रधान, उपाध्यक्ष शारदा प्रधान साथै ब्याङ्का अनान्य बोर्ड अफ डिरेक्ट्रस साथै शेयर होल्डरहरुको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement