स्वतन्त्रता दिवस तयारीलाई लिएर बैठक सम्पन्न

IMG-20240726-WA0337

गान्तोक: आगामी दिनमा पालन गरिने स्वतन्त्रता दिवस तयारीलाई लिएर आज मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक तयारी सभा सम्पन्न भयो। जिल्लापाल अन्नत जैनको अध्यक्षतामा बसेको सभामा पुलिस अधिक्षक सोनम देट्छु भोटिया, अतिरिक्त जिल्लापाल विशु लामा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। उक्त सभामा स्वतन्त्रता दिवस सफलतापूर्वक सम्पन्न गराउनको निम्ति विभागहरूको जिम्मेवारी र भूमिकाबारे छलफल गरियो। प्रत्येक विभागलाई प्रत्येक विभागलाई कार्यक्रम स्थलको सजावट, बस्ने व्यवस्था, सरसफाई, मिडिया र पिए प्रणाली, पानीको व्यवस्था, विद्युत् आपूर्ति, ट्राफिक र सुरक्षा व्यवस्थापन हरेक विभागलाई जिम्मेवारी दिइएको थियो। विगत पाँच वर्षदेखि सार्वजनिक मैदानको जीर्णोद्धार रहेको कारण जिल्ला कार्यालयमा नै कम सहभागितामा मनाउँदै आइरहेको थियो। तर यस वर्ष मैदानको निर्माण कार्य पुरा भएकोले भव्यरूपमा पालन गर्ने निर्णय लिएको छ।

जिल्लापाल जैनले सबै विभागहरूलाई आफ्नो भूमिका र जिम्मेवारीलाई गम्भीरताका साथ लिन र फलदायी परिणाम ल्याउन समन्वय राखेर काम गर्न आग्रह गरे। उनले प्रत्येक विभागका कर्मचारीलाई स्वतन्त्रता दिवसको अवसरमा जिल्ला स्तरमा उपलब्धि र उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित गर्न पनि निर्देशन दिए। उनले मनोनित कर्मचारीको परिचयपत्र तयार गरी १० अगस्तसम्म बुझाउनु पर्ने सुझाउ दिएका छन्। सो कार्यक्रममा विशेष गरेर फुटबल खेल पनि आयोजना गरिने भएकोले गर्दा यसको निम्ति सडक, विद्युत, पीएचई विभागले सहयोग पुऱ्याउनु पर्ने खेलकूद एवम युवा मामिला विभागकी संयुक्त निर्देशक जानिम लेप्चाले जानकारी गराइन्। उक्त कार्यक्रममा जिल्ला प्रशासनिक केन्द्र र सामाजिक न्याय एवम कल्याण विभागको संयुक्त पहलमा नशामुक्त भारत अभियान अन्तर्गत ५ किलोमिटर म्याराथन दौडको पनि आयोजना गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement