राजगञ्ज: राजगञ्जमा कारगिल विजय दिवस मनाइयो। भारत सरकारको केन्द्रीय सूचना तथा प्रसारण ब्यूरोको जलपाईगुडी शाखाको पहलमा राजगञ्जको मगरडाँगी सुकान्त पठागर क्लब परिसरमा यो दिवस मनाइयो। सो अवसरमा कारगिल युद्धमा शहीद भएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरियो।कारगिल विजय दिवसको २५ वर्ष पूरा भएको अवसरमा कला प्रतियोगिता, प्रश्नोत्तरी, देशभक्ति गीतलगायत विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा बालबालिकाहरुको सहभागिता रहेको थियो।










