महिलाको अश्लील फोटो खिचेर ब्ल्याकमेल साथै दुष्कर्म गरेको आरोपमा एकजना पक्राउ

WhatsApp-Image-2024-07-26-at-12.59.09-1024x576-1

सिलगढी: नुहाउँदै गरेकी महिलाको अश्लील फोटो खिचेर ब्ल्याकमेल अनि दुष्कर्म गरेको आरोपमा महिला थाना पुलिसले एकजना व्याक्तिलाई पक्राउ गरेको छ। आरोपीको सिलगढी संलग्न मतिगढा इलाका निवासी बताइएको छ। समाचारसनुसर आरोपी व्यक्ति महिलाकी लोग्नेका साथी थिए। मित्रताको फाइदा उठाएर तिनी महिलाको घर आउ-जाउ गर्थे।  यसैक्रममा, एक दिन बादल सरकार महिलाको घरमा गएपछि लुकेर उनको नुहाउँदै गरेको अश्लील फोटो खिचेर तिनलाई ब्ल्याकमेल गर्न शुरू गरेको साथै अश्लील फोटोको आधारमा आरोपीले महिलासित धेरै पल्ट दुष्कर्म गरेको आरोप रहेको छ। अन्तत: महिलाले आफुमाथि भइरहेको शोषण विरूद्ध आवाज उठाउँदै गत २४ जुलाईको दिन सिलगढी महिला थानामा घटनाबारे लिखित अभियोग दर्ता गरे।अर्कोतिर, अभियोगको आधारमा महिला थाना पुलिसले २४  घण्टाको अवधिमा आरोपीलाई पक्राउ गरेको छ। समाचार अनुसार आरोपी पेशाले व्यवसायी हुन्। आज महिला थाना पुलिसले आरोपी बादल सरकारलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

About Author

Advertisement