कोचबिहार: तुफानगञ्जको एक निजी ब्यांकका ब्यांक प्रबन्धक र क्यासियरलाई १९ लाख रुपियाँ हिनामिना गरेको आरोप लागेको छ। ब्यांकका उच्च अधिकारीले दुवैको नाममा तुफानगञ्ज पुलिस चौकीमा लिखित उजुरी दिएका थिए। यहाँ उजुरीका आधारमा ब्यांकका म्यानेजर अपूर्व सरकार र क्यासियर लक्ष्मणचन्द्र सेनलाई पक्राउ गरिएको छ। दुवैलाई शुक्रबार तुफानगञ्ज डिभिजनल सत्र अदालतमा पेश गर्दा न्यायाधीशले उनीहरुलाई सात दिनको पुलिस हिरासतमा राख्न आदेश दिएका हुन्। यस सम्बन्धमा तुफानगञ्ज अदालतका सरकारी वकिल सञ्जीव बर्मनले तुफानगञ्ज पुलिस चौकीमा विश्वजित दासको नाममा ब्यांकका कर्मचारीबाट १९ लाख रुपियाँ हिनामिना गरेको उजुरी परेको बताए। पुलिसले अनुसन्धानपछि पक्राउ परेका दुईजनालाई आज तुफानगञ्ज डिभिजन अदालतमा पेश गरेपछि न्यायाधीशले उनीहरुको सात दिनको पुलिस हिरासतको निवेदन स्वीकार गर्दै सात दिनको पुलिस हिरासतमा पठाउन आदेश दिएको छ। उनलाई आगामी २ तारिख अदालतमा पेश गरिने छ।










