कञ्चनजंघा स्टेडियमको जीर्णोद्धारको काम ६५ प्रतिशत सकियो

IMG-20240726-WA0246

सिलगढी (पश्चिम बंगाल): सिलगढी नगरनिगमले कञ्चनजंघा स्टेडियमलाई नयाँ ढंगले सजाउने र सुन्दर बनाउने काम शुरु गरेको छ। मेयर गौतम देव र उपमेयर रञ्जन सरकारले सिलगढी नगरनिगमको बैठक कक्षमा सबै अधिकारी, नगरनिगम आयुक्त र उपायुक्तहरूसँग स्टेडियममा जारी नवीकरण कार्यलाई लिएर लामो छलफल गरे।

छलफलको अन्त्यमा पत्रकारहरुलाई सम्बोधन गर्दै मेयरले स्टेडियमको जीर्णोद्धारको काम नगरनिगमले गरिरहेको र ६५ प्रतिशत काम सकिएको बताए, तर वर्षाका कारण भित्रको काम धमाधम भइरहेको छ। बाहिर काम रोकिएको छ। गौतम देवले रंगशाला सजावटको कामलाई तीव्रता दिन यो छलफल भएको पनि बताए। कञ्चनजंघा स्टेडियममा भोलिदेखि अन्तरविद्यालय र क्लबबीचको ‘मेयर कप’ महिला फुटबल प्रतियोगिता शुरु हुँदैछ जुन ३० जुलाईसम्म चल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement