दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा शुक्रवार दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगको दुईवटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको दिनको पहिलो म्याचमा चामोंग फूटबल क्लबले माउण्ट हर्मोन बोइज क्लबलाई ४-०-ले पिट्यो। विजेता टीमबाट चिराग तामाङले ४१औं र ८०औं मिनटमा २ गोल गरे। यसबाहेक निकेश राईले पाँचौं र विसेस थापाले ११औंं मिनटमा गोल गरे। यसरी दिनको दोस्रो म्याचमा बड़ा काकझोड़ा युनाइटेड क्लबले थ्री कोन फूटबल क्लबलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रीतम मुखियाले २ गोल गरे। उनले ३२औं र ८४औं मिनटमा गोल गरे। यसबाहेक कुमार छेत्रीले आठौं र निश्चल कार्कीले नवौं मिनटमा गोल गरे। यसरी थ्री कोन एफसी-बाट ज्योति छेत्रीले ४०औं (पेनल्टी) र सागर थापाले ५८औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान र अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।









