केएफसी-लाई पराजित गरी ५/८ गोर्खा राइफल्स क्वार्टर फाइनलमा

IMG-20240726-WA0315

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको आयोजनमा इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट शुक्रवारदेखि शुरु भयो। सालुगढ़ा खेल मैदानमा आज भएको उद्घाटन म्याचमा रोमाञ्चक जीत हासिल गरी ५/८ गोर्खा राइफल्सले क्वार्टर फाइनलमा स्थान बनायो। चरम रोमाञ्चक आजको म्याचमा ५/८ जीआर-ले गत सालको च्याम्पियन कञ्चनजंघा फूटबल क्लब (केएफसी)-लाई पेनल्टी शूटआउटमा ५-३-ले पराजित गऱ्यो। यसअघि नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। खेलको मध्यान्तरसम्म दुवै टीमले गोल गर्न सकेन। त्यसपछि पुजन सुब्बाले ४२औं मिनटमा असाधारण दक्षताको साथ गोल गरी केएफसी-लाई बढ़त दिलाए। ५/८ जीआर-ले पनि म्याच बराबरीमा पुऱ्याउन अधिक समय लगाए। टीमका कप्तान सुरज गुरुङले ५६औं मिनटमा पेनल्टीबाट गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि रहल समयमा गोल नहुँदा म्याचको फसेला पेनल्टी शूटआउटद्वारा गरियो। अब शनिवार खेलिने म्याचमा युनाइटेड खोलाचन्द फाप्री र बागडोग्रा वरियर्स फूटबल क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। प्रत्येक म्याच दिउँसो ३:३० बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement