गोर्खा विरोधीहरूले एक घण्टाको बन्दलाई पनि विरोध गर्दैछ: अजय एडवाडर्स

IMG-20240726-WA0321

दार्जीलिङ: गोर्खा विरोधीहरूलाई एक घण्टालाई दोकानहरू बन्द गर्नु पनि विरोध गरिरहेको छ भनी हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। सन् १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका ती वीर शहीदहरूको स्मरण गर्न हाम्रो पार्टीले भोलि २७ जुलाई शहीद दिवस दार्जीलिङ शहरमा पालन गर्ने घोषणा गरेको छ। यस अवधि दिउँको १२ बजीदेखि १ बजीसम्म एक घण्टाको निम्ति शहरको दोकानदारहरूलाई बन्द गरिदिने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पुनः अनुरोध गरेका छन्। अध्यक्ष अजय एडवाडर्सले यस विषयमा भने, ‘सन् १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा शहीदहरूले आफ्नो त्याग र बलिदान दिएर हामीलाई भारतको एक नम्बर नागरिक बनाएका छन्। त्यसकारण हामीले ती वीर शहीदहरूले दिएको त्याग र बलिदानलाई भुल्नु हुँदैन। ८६ को आन्दोलनमा गोर्खाहरूसंगसंगै मारावाडी, बिहारी आदि समुदायको मानिसहरू पनि शहीद भएका छन्। हामीले ती शहीदहरूको स्मरण गर्नुपर्छ तर यहाँको विपक्षी पार्टीको नेतृत्वहरूले एक घण्टाको दोकान बन्दलाई पनि विरोध गरिरहेको छ।उनीहरू गोर्खा हो कि होइन मलाई सन्देह लाग्छ।’
उनले अघि भने,’हामीले दोकानदारहरूलाई जर्बजस्ती दोकान बन्द गर्नुपर्छ पनि भनेका छैनौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement