खरसाङमा शहीद दिवस पालन गर्नलाई सबै तयारी पूरा

IMG-20240726-WA0307

खरसाङ: गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्न भोलि २७ जुलाईको दिन शहीद दिवस पालन गर्नलाई खरसाङमा तयारी पूरा भएको छ। खरसाङको दुर्बीनडाँडामा रहेको शहीद वेदीमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्नलाई भोलि २७ जुलाईको दिन श्रध्दाञ्जली अर्पण कार्यक्रम आयोजना गरिनेछ। यसको लागि खरसाङको दुर्बीनडाँडामा रहेको शहीद वेदीलाई सर सफाई र श्रृंगारेर तयार पारिएको छ।।उक्त शहीद वेदीमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले तयारी गरेको जानकारी प्राप्त भएको छ। शहीद वेदीमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण कार्यक्रम सकेर खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा शहीदहरूका परिवारहरूलाई सम्मान गरिने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। त्यसरी नै खरसाङमा भागोप्रमोबाहेक गोरामुमो, गोजमुमो र भारतीय जनता पार्टीले पनि शहीद दिवस कार्यक्रम आयोजना गर्ने जानकारी प्राप्त भएको छ। यस क्रममा गोजमुमोको शहीद दिवस कार्यक्रम खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा आयोजना हुने जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रममा गोजमुमोको केन्द्रीय अध्यक्ष बिमल गुरुङ विशेष रूपमा उपस्थित रहने भएको जानकारी प्राप्त भएको छ। उनीसितै दार्जिलिङको भाजपा सासंद राजु विष्ट पनि खरसाङको गोजमुमोको शहीद दिवस कार्यक्रममा उपस्थित रहने अपुष्ट खबर प्राप्त भएको छ। सांसद राजु विष्ट उक्त कार्यक्रममा उपस्थित रहने -नरहने विषयमा भने कुनै आधारिकारिक जानकारी प्राप्त भएको छैन। त्यसरी नै खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको तीनधारे, घैयाबारी र महानदी गरी तीनवटा स्थानहरूमा पनि विभिन्न राजनैतिक पार्टीहरूले शहीद दिवस कार्यक्रम आयोजना गरेर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्ने जानकारी प्राप्त भएको छ।

यसको साथै खरसाङको विभिन्न क्षेत्रहरूमा पनि विभिन्न राजनैतिक पार्टीहरूका आयोजनामा शहीद दिवस पालन गरिने जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement