गिताङ्गे चियाबारी निवासी प्रेम विश्वकर्म भाजपाबाट पुन: भागोप्रमोमा सामेल

IMG-20240726-WA0297

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको गिताङ्गे चियाबारी निवासी प्रेम विश्वकर्म फेरि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा नै सामेल भएका छन्। उनी गत लोकसभा चुनावको समय भारतीय जनता पार्टीमा सामेल भएर कार्य गर्दै आईरहेका थिए। लगभग चार महिनापछि पुन: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको जानकारी प्राप्त भएको छ। उनी भाजपा सामेल हुन अघि भागोप्रमोमा नै थिए भने उनी त्यसताक भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको गिताङ्गे चियाबारी शाखाको सचिव पदमा थिए। प्रेम विश्वकर्म लोकसभा चुनावमा भाजपामा गएका थिए भने आज उनी भागोप्रमोमा सामेल भएका छन्। उनले भागोप्रमो खरसाङ महकुमा कार्यालयमा भागोप्रमो खरसाङ महकुमा समितिको सचिव एंव सभासद प्रणाम रसाईली र भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको बाहुलीबाट भागोप्रमो पार्टीको झण्डा थापेर पार्टीमा सामेल भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement