लिजेण्ड्स इलेभेन च्याम्पियन

IMG_20220815_234744.jpg

१५ अगस्तः खरसाङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा लिजेण्ड्स इलेभेन च्याम्पियन भयो। भिक्टोरिया स्कूल मैदानमा आज भएको फाइनलमा लिजेण्ड्स इलेभेन, सेण्ट मेरीले हिल्स फूटबल एकाडमीलाई २-१-ले पराजित गऱ्यो। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। लाक्पा शेर्पालाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरियो। यसरी नै सर्वाधिक गोलदाताको पुरस्कार निवांग तामाङले जिते। उनले पूरा टुर्नामेण्टमा ७ गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement