पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडी सहभागी

IMG-20240726-WA0296
भद्रपुर: विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ जुलाई २६ तारिख शुक्रबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार भएको छ। यो पटकको ओलम्पिकमा नेपालका ७ खेलाडीले ६ खेलमा प्रतिस्पर्धा गर्दैछ्न्।

नेपालबाट एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरिरहेका छन्।
टेबलटेनिसका स्यान्टुले मात्र छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेल्दा अरुले बाँकी ६ खेलाडीले वाइल्ड कार्डमाफर्त ओलम्पिकमा सहभागिता जनाउन लागेका हुन्।
ओलम्पिकको औपचारिक सुरुवात आजबाट हुने भएपनि पुरुष तथा महिला फुटबलका केही खेलहरु भने यसअघि नै सुरु भइसकेका छन्। फ्रान्सको राजधानी पेरिसमा शुक्रबार हुने उद्घाटन समारोहको प्रचार प्रसार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। तर ओलम्पिकको उद्घाटन समारोहमा वर्षाले ठूलो बाधक बन्न सक्ने अनुमान गरिएको पनि छ।
पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सेइन नदी छेउछाउ पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। फ्रान्सको मौसम विज्ञान विभाग, मेटियो फ्रान्सले शुक्रबार पानी पर्ने भविष्यवाणी गरेको छ।
दिउँसो मौसम सफा हुने भएपनि उद्घाटन कार्यक्रम हुने भएकाले साँझ फेरि पानी पर्ने सम्भावना छ। तर पानी परे पनि उद्घाटन कार्यक्रम निर्धारित समयमै हुनेछ। पेरिस ओलम्पिकमा एक सय २८ वर्ष पुरानो कीर्तिमान तोडिन लागेको छ। ओलम्पिक इतिहासमा एक सय २८ वर्षदेखि उद्घाटन समारोह रंगशालामा मात्रै हुने गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement