दार्जिलिङ: दार्जिलिङको बतासेमा रहेको युध्द स्मारकमा कारगिल विजय दिवस पालन गरिएको छ। उक्त कार्यक्रममा भूतपूर्व सैनिक र देशको लागि शहीद भएका परिवारका सदस्यहरूलाई सम्मानित गरिएको थियो। कार्यक्रममा ओननेरी कप्तान एंव ओलम्पिक मेडल विजेता जितु राई पनि उपस्थित रहेका थिए।कार्यक्रममा कप्तान तरुणकुमार सिन्हा र दार्जिलिङ जिल्ला सैनिक बोर्डको सचिवले हामी सधैं पूर्व सैनिकहरूको हितमा काम गरिरहेका छौं र हामीसँग बतासेमा युद्ध स्मारक छ तर युद्ध संग्रहालय हुनु धेरै महत्त्वपूर्ण छ भनी बताएका छन्।

घूम नजिकै एकजना निजी सङ्कलकले गोर्खा युद्ध संग्रहालय बनाएका छन् तर सञ्चालनमा छैनन्। हामीले सङ्ग्रहालयका लागि जग्गा खोजेका छौं र प्रशासनको सहयोगले निर्माण गर्न सक्छौं भनी बताएका छन्। त्यसरी नै अननेरी कप्तान तथा ओलम्पियन शूटर जितु राईले भने, ‘यहाँ सुटिङ रेञ्ज बनाउने योजना छ जुन युवा प्रतिभाहरूको लागि राम्रो हुनेछ। सुटिङ रेञ्जको सेटअपका लागि म अाफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहनेछु।’

उनले अघि भने, डीएम, एसडीएम र अन्य उपस्थित थिए र आशा छ कि छिट्टै सुटिङ रेञ्ज निर्माण हुनेछ। आज हामीले कारगिल विजय दिवस मनायौं। १९९९ मा गोर्खाहरूले राष्ट्रको सुरक्षाको लागि धेरै राम्रो लडे र आफ्नो जीवनको बलिदान पनि दिए। उहाँहरूलाई सम्मान गर्न आज हामी यहाँ छौं।’