सिलगढी: रगतको अभावलाई हटाउन सिलगढी पुलिस आयुक्तालयको पुलिसले मतिगढा थानामा ‘उत्सर्ग’ अन्तर्गत आज ५०औं रक्तदान शिविरको आयोजना गरेको छ। शिविरको उद्घाटन सिलगढी पुलिस आयुक्त सी सुधाकरले गरे। सो अवसरमा माटिगरा पुलिस चौकीका सबै पुलिस अधिकृतहरु लगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो।

सो अवसरमा आयुक्त सी सुधाकरले प्रहरी कर्मचारीसँगै सर्वसाधारणलाई रक्तदान गर्न प्रोत्साहित गरे। उनले रक्तदान गरेर कसैको ज्यान बचाउन सकिने बताए। यसै कारण पुलिसले उत्सर्ग अन्तर्गत समयमै रक्तदान शिविर आयोजना गर्दै आएको छ । प्रहरीले आयोजना गरेको यो ५०औं शिविर हो।










