जलपाईगढी: पश्चिम बंगालको जलपाईगढीको सरकारी अस्पतालका दुई एम्बुलेन्समा अचानक ठूलो रुख ढलेको छ। दुर्घटनामा चालक र बिरामीको ज्यान जोगिएको थियो भने दुवै एम्बुलेन्समा क्षति भएको छ। घटना हुँदा एम्बुलेन्समा बिरामी थिएनन्। घटना जलपाईगढी मेडिकल कलेज र अस्पताल अन्तर्गत सदर अस्पतालमा भएको हो। वर्षाका कारण रुख मुनिको माटो ढलेका कारण यो विशाल रुख ढलेको अनुमान गरिएको छ। तर, भाग्यवस बिरामी, अस्पताल आएका उनका आफन्त र एम्बुलेन्स चालकको भने ज्यान जोगियो। हाल यी दुई गाडीको सेवा अस्थायी रूपमा बन्द गरिएको छ। यसैबीच, एकैपटक दुईवटा एम्बुलेन्स बिग्रँदा बिरामीलाई समस्या हुने आशंका गरिएको छ। यहाँ रहेका ५ मातृयान एम्बुलेन्समध्ये २ वटा बिग्रिएका छन् भने बाँकी ३ वटा सेवामा प्रयोग गरिने छ।










