डुवर्समा कारगिल विजय दिवसमा शहीदहरूलाई  श्रद्धाञ्जली अर्पण

IMG-20240726-WA0186

जलपाईगढी: आज कारगिल विजय दिवस मनाइँदैछ। यो दिनले हामीलाई भारतको इतिहासमा देशको सेनाको बहादुरी र साहसको कथाको सम्झना गराउँछ। सम्पूर्ण देशको साथमा, जलपाईगढी जिल्लाको डुवर्सको मालबजार चालसामा पनि कारगिल विजय दिवस मनाइयो। २५औं कारगिल विजय दिवसको अवसरमा, मार्कोस एकेडेमीले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ। शहीदहरुको सम्झनामा एक मिनेट मौन धारण गरियो। आज मार्कोस एकेडेमीका तर्फबाट प्रिन्सिपल दिपङ्कर सरकार, भौतिक प्रशिक्षक पूर्व सैनिक रोबिन शर्मालगायतको उपस्थिति रहेको थियो। उनले सन् १९९९ मा पाकिस्तानी सेनाले भारतीय क्षेत्रमा घुसपैठ गरी कारगिलका उच्च स्थानहरू कब्जा गरेको बताए। उनीहरुबाट आफ्नो सिमाना जोगाउन भारतीय सैनिकले ‘अपरेशन विजय’ शहरु गरे। कठिन भूभाग र प्रतिकूल मौसमको बावजुद भारतीय सेनाले पाकिस्तानी घुसपैठलाई हटाउन थाल्यो। वायुसेनाले पनि बलियो प्रदर्शन गर्दै पाकिस्तानी सैनिकलाई पाठ सिकाएको छ। त्यसैले यस दिनलाई कारगिल विजय दिवसको रूपमा मनाएर भारतीय सेना र बहादुर सैनिकहरूको बलिदानलाई सम्झिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement