जलपाईगढी: विगत केही दिनदेखि जलपाईगढी जिल्लाको बामन डांगा चिया बगानलगायत आसपासका क्षेत्रमा चितुवाको उपस्थितिले मानिसहरू आतंकित भएका छन्। यो चितुवा गाउँमा पसेर घरपालुवा जनावर लैजाने गर्दथ्यो। बालबालिकालाई पनि आक्रमण हुनसक्छ भन्ने डरले मानिसलाई वन विभागलाई जानकारी गराएको थियो। यस क्षेत्रमा वन विभागले खोर राखेको थियो। अन्ततः चितुवा यस खोरमा फसेको थियो। शुक्रबार बिहान चितुवाको गर्जना सुनेर मानिसहरु नजिक आएर चितुवा खोरमा फसेको देखे। खबर पाएलगत्तै वन विभागका कर्मचारी घटनास्थल पुगेर चितुवालाई नियन्त्रणमा लिए। शारीरिक परीक्षणपछि चितुवालाई जंगलमा छाड्ने उनले बताए। अर्कोतर्फ चितुवा नियन्त्रणमा आएपछि चितुवाको आतंकबाट मुक्ति पाएकाले सर्वसाधारणले राहतको सास फेरेका छन्।










