भद्रपुर: भद्रपुर नगर पालिका वडा नं १० स्तरीय जेष्ठ नागरिकहरुको भेला एक कार्यक्रमका बीच सम्पन्न भएको छ। सो भेलाले लक्ष्मी प्रसाद फुयलको अध्यक्षतामा ९ सदस्यीय जेष्ठ नागरिक संघ भद्रपुर -१० गठन भएको छ लंव गठित समितिको इ उपाध्यक्षमा पदम् बहादुर अधिकारी, सचिवमा शंकर रिजालर कोषाध्यक्षमा रोमा देवी घिमिरे निर्वाचित भएका छन्। त्यसै गरी समितिको सदस्यमा क्रमशः शैलक्ष्मी राई, छली माया भन्डारी, भरत राजबंशी, प्रेम प्रसाद दर्नाल, भीम बहादुर बास्कोटा चयन भएका छन्। उक्त भेलामा बोल्दै जेष्ठ नागरिक संघ भद्रपुरका सचिव इश्वर प्रसाद पोखरेलले जेष्ठ नागरिकहरुको संरक्षणमा समुदाय र राज्यको भूमिका महत्वपूर्ण रहेको बताए।











