ठुलो परिमाणको बेबारीसे गाँजा बरामद

IMG-20240726-WA0038

भद्रपुर: कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको लागू औषध नियन्त्रण अनुसन्धान समुह (PIT) र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ठुलो परिमाणको बेबारीसे गाँजा बरामद गरेको छ। आज बिहान विराटनगर महानगरपालिका-११ बुद्द विहार मार्गमा बेबारीसे अवस्थामा रहेको बीआर११ पीसी ५०१६ नम्बरको गडीलाई शंकालागी चेकजाँच गर्दा गाडी भित्र रहेको ५ वटा झोलामा १ सय ४५ किलोग्राम गाँजा बरामद गरेको हो।

बरामद गाँजा र गाडीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement