भद्रपुर: दुई जना बिरामीमा हैजा पुष्टि भएको छ। उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-१ पशुपति टोलका २३ र २६ वर्षीयमा युवकमा हैजा पुष्टि भएको हो। अझै एक बालिकामा पनि हैजाको शंका रहेको तर, पुष्टि हुन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। यसका बारेमा माथिल्ला निकायमा जानकारी गराइसकेको बताउँदै सतर्कता अपनाउनु पर्ने अवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।










