भद्रपुर: देशभर डेंगो संक्रमितको संख्या बढ्दै गएको छ। अहिलेसम्म यो संख्या एक हजार ८०० नाघेको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार तीमध्ये जुलाईका २२ दिनमा ३३९ संक्रमित थपिएका हुन्। डेंगो संक्रमण ७३ जिल्लामा फैलिएको छ। वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५९३ जनामा संक्रमण देखिएको छ भने काठमाडौंमा सबैभन्दा धेरै २०९ जनामा संक्रमण पुष्टि भएको छ। झापामा १२९, चितवनमा ९३, मकवानपुरमा ७४, तनहुँमा ५९, ओखलढुंगामा ५७, धनकुटामा ५७, भोजपुरमा ५४, काभ्रेमा ५१, कास्कीमा ५० जनामा डेंगो पुष्टि भएको छ। मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको छ।










